आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक ५८ पुगे

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १६:४९ मा प्रकाशित (४ साल अघि) २३४ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका–५ आदर्शटोलका ७७ वर्षीय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते बिहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।