काठमाडौं । जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरसको महामारी बढ्न थालेकाले लकडाउन लगाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा विज्ञहरुले तत्काल लकडाउन नगरेमा अवस्था भयावह हुने चेतावनी पनि दिएका छन् ।
छलफलमा सहभागी एक विज्ञले भने, ‘हामीले लकडाउन लगाउन सुझाव दियौँ । तत्काल लकडाउन नगरेमा अवस्था भयावह हुन्छ । केही साथीहरुले त आवश्यक परेमा कर्फ्यूसमेत लगाउन भन्नुभएको छ। अवस्था बिस्तारै भयावह हुँदै गएको छ ।’
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले आंशिक लकडाउनको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले नै विज्ञ र विपक्षी दलसँग परामर्श गरेका हुन् ।