काठमाडौं– महानगरको तीनकुने नजिकै बाग्मती नदिमा एक व्यक्तिको शव फेला परेको छ ।
नदीमा तैरिएर बग्दै गरैको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त, तीनकुनेका डिएसपी दक्ष बस्नेतले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो करिब १ बजे नदिमा शव देखिएको र त्यसको केहि समयमा नै शव निकालीएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
शवको शनाखत हुन सकेको छैन, भने शव के-कसरी नदीमा आयो भन्ने विषयमा अनुसन्धान थालिने डिएसपी बस्नेतले जानकारी दिनुभयो ।