काठमाडौं – मासिक १०० अभियान नेपाल सस्थाले डेङ्गु पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
गुरास नगरपालिका निवासि श्री हेम बहादुर लिम्बुको १५ बर्षको छोरा बिगत ४ महिना देखि बिरामी भई उपचारको क्रममा न्युरो अस्पताल बिराटनगर , नोबेल अस्पताल बिराटनगर हुदै काठमान्डौ टिचिङ अस्पतालमा उपचार गराइ रहदा भए भरको जायजेथा सकिएर उपचारमा आर्थिक समस्या परेको सिफारिस पत्रको आधारमा “मासिक १०० अभियान नेपाल” ले ११,०१५ (रु. एघार हजार पन्घ्र रुपैया) नगद सहयोग गरेको मासिक १०० अभियान नेपालका अध्यक्ष सञ्जय पोखरेलले जनकारी दिनु भएको छ ।
हजुरहरुले मासिक रुपमा गर्नु भएको १०० सहयोगले सस्थाले मानविय कार्य गर्न पाएको छ यसको लागि मासिक १०० अभियान नेपालका सम्पुर्ण सदस्यहरुलाइ धन्यवाद दिनु भएको छ ।
संक्षेपमा मासिक १०० अभियान नेपाल :
मन, वचन र कर्मले सामाजिक सेव ागर्ने एउटा हाम्रो अभियान ‘मासिक १०० अभियान” ।
यो एउटा हाम्रो सानो प्रयास मात्र हो । तर सबैको साथ पाएमा कसो नबन्ला थोपा थोपाबाट समुन्द्र । स्कूलजानबाट वञ्चित बालबालिाकहरु हुन् या एक छाक खानबाट तड्पिएका भोका पेटहरु हुन, या साहाराको खोजीमा छट्पटिएका वृद्धवृद्धाहरु हुन् । यी सबै सैबै हाम्रो गाउँ छिमेकको तितो कथा हो र यसलाई मेटी भविष्य बनाउने हाम्रो एउटा अभियान । तपाई हामीले सहयोग गर्ने सानो रकम नै कसैको लागि सुन्दर भविष्य हुन सक्छ ।
सहयोगको सम्पूर्ण रकम पूर्ण रुपमा सही कार्यमा उपयोग गरिनेछ साथै आम्दानी तथा खर्चको हिसाबमा पारदर्शिता अपनायनेछ । कति रकम जम्मा भयो र त्यसलाई कस्तो कार्यमा उपयोग गरिने भन्ने कुरा सम्पूण्र्या सदस्यहरुको पूर्ण सहमतिमा गरिनेछ ।
मासिक १०० सामाजिक कार्यको लागि, प्रत्येक महिना १०० अथवा एकमुष्ट वार्षिक रुपमा पनि सहयोग गर्न सकिन्छ ।
मासिक १०० सामािजक कार्यको लागि दान गर्न तयार छु भनी संकल्पका साथ आउने जोसुकै सामाजसेवी पनि यो अभियानको पूर्ण रुपमा सदस्य हुन सक्नुहुनेछ । कसैले वार्षिक रुपमा एकमुष्ट पनि सहयोग गर्न सक्नुहुनेछ । मात्र यो अभियानलाई साथ दिनुहोस्… हामीसँग अगाडि बढौँ, महान कार्यको लागि ढिला नगरोँ ।