आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार १७:०७ मा प्रकाशित (४ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका पाँच र भक्तपुरका एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता डा. गौतमका अनुसार शनिबारमात्रै ९३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।