आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार १३:३१ मा प्रकाशित (४ साल अघि) २७५ पाठक संख्या

घोराही – दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।