आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेविसंघ र तरुल दलको म्याद ६ महिना थप

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार २१:४० मा प्रकाशित (४ साल अघि) २६५ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संगठनहरुको म्याद थप गरेका छन्। देउवाले शुक्रवार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत ९ वटा भातृ संस्थाको कार्यकाल ६ महिना थप गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार यसअघि विभिन्न समयमा थप गरिएको कार्यकालभित्र संस्थाको अधिवेशन गर्न नसकेका विभिन्न भातृ संस्थाको म्याद आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेगरी समाप्त भएको मितिले ६ महिना थप गरिएको हो।

यसरी म्याद थपिएका संस्थाहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन्।

नैनसिंह महर नेतृत्वले नेविसंघको केन्द्रीय अधिवेशन गर्न नसेकपछि राजीनामा दिएका थिए। गत माघ १६ गते राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ कार्य समिति गठन भएको थियो। उक्त समितिलाई ६ महिनाभित्र १२औं केन्द्रीय अधिवेशन गर्नुपर्ने जिम्मा तोकिएको थियो। तर दिइएको समयमा पनि नेविसंघको महाधिवेशन सम्पन्न हुन सकेन। ढुंगाना नेतृत्वको समितिको म्याद  शुक्रवार सकिएको थियो।