आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कोरोनाको संक्रमितको संख्या बढेपछि गोकर्णेश्वर मन्दिर बन्द

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १६:५७ मा प्रकाशित (४ साल अघि) १२८४ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको  छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो।

भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले बिहीबारदेखि बन्द गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका-४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए ।

भक्तजनलाई पूजा आराधना एवं दर्शनका लागि मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती पूर्ववत् सञ्चालन हुने उनले बताए  ।