आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को जोरपाटी सुन्दरीजल मूल सडक नापजाँच तथा चिन्ह लगाउने कार्य सम्पन्न

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार ०८:३७ मा प्रकाशित (४ साल अघि) १४९६ पाठक संख्या

काठमाडौं श्रावण १४। गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सुन्दरीजल जोरपाटी मूल  सडक  नापजाँच गरि चिन्ह लगाउने कार्य  बुधबार  गोकर्णेश्वर नगरपालिका वडा नं ९ शिवपुरी चोक देखि भगवती स्थान सम्मको मूल सडकको  दायाँबायाँ ७/७ मिटर बाटो कायम गर्न नाप जांच सहित  चिन्ह लगाउने कार्य गरिएको हो। उक्त कार्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा वडा सदस्यहरु ,सहित प्राबिधिक तथा स्थानीयको सहयोगमा उक्त बाटोमा चिन्ह लगाउने कार्य गरिएको हो ।

उक्त बाटोको साइड ड्रेनलाइ आधार मानेर चिन्ह लगाउने कार्य गरिएको वडा अध्यक्ष राजिब थापाले जानकारी गराए। साथै उक्त कार्यमा  गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले वडाबासीहरु प्रति आभार ब्यक्त गरेको छ।

वडा अध्यक्ष  राजिब थापा सहित वडा समिति परिवारले वडाबासीहरुलाई मूल सडक दायाँबायाँ ७/७ मिटर बाटो कायम गर्न चिन्ह लगाउने कार्यमा सहयोग पुर्याउने घरघनी प्राबिधिक लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद प्रकट गरेको छ  ।