आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

राखेप सदस्य सचिव सिलवालद्वारा पद तथा गाेपनियताकाे सपथ

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार ०७:४० मा प्रकाशित (४ साल अघि) ३६३ पाठक संख्या

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराउनुभएको हो ।

राखेपको १९ औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताउनुभयो । नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उहाँले बताउनुभयो । खेलकुदलाई खेलकुदका रुपमा मात्रै सिमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उहाँले बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रिपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।

शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुग्नुभएको थियो । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुनेछ ।