आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

काठमाडौंको सडकमै डुब्यो ट्याम्पो

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार १५:२८ मा प्रकाशित (४ साल अघि) ५९१ पाठक संख्या

काठमाडौं – उपत्यकामा सवारी जाम घटाउन कराडौं खर्चिएर करिडोर सडकहरु बनाइएको छ । तर करिडोर सडकहरु यति कमजोर इन्जिनियरिङमा बनेका छन् कि कतै हिँड्दा पनि टाउको ठोकिने अवस्था छ त कतै वर्षा लाग्यो कि डुबानको समस्या हुन्छ ।

यस्तै उदाहरण हो, बाग्मती करिडोर सडक । यो सडकको टेकु पुल मुनी वर्षायाममा कुनै न कुनै गाडी डुब्छ । गत वर्ष पार्टी बैठकमा हिँडेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको गाडी डुब्यो । तर अझै त्यो सडकको अवस्था सुधार भएको छैन ।

सोमबार टेकु पुलमुनी सफा ट्याम्पो डुबेको छ । ट्याम्पो चालक आधा भन्दा बढी ढुबेको ट्याम्पोमा बसेर तार्न खोजेपनि सफल भएनन् ।

सडकमा बग्ने पानीको निकास थुनिन पुग्दा पुलमुनि रहेको गहिरो सडक खण्डमा पानी जम्न पुग्दा सो टेम्पु डुब्न पुगेको स्थानीय बताउँछन् ।