आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

सचिवालय बैठक अघि ओली-प्रचण्डबीच छलफलमा

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार १४:४९ मा प्रकाशित (४ साल अघि) २३१ पाठक संख्या

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

आज दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकअघि अध्यक्षद्वय आन्तरिक परामर्शमा जुटेका हुन् ।

त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।

खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् । त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।

ओलीले बालुवाटार र प्रचण्डले खुमलटारमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको दुवै नेताका निकटस्थहरुले बताएका छन् ।

नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनैपनि नेताहरुलाई जानकारी गराइएको छैन ।

‘बैठक त हो तर एजेण्डाबारे जानकारी आइसकेको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।