फाईल फोटो
शुक्रवार राति भारत र म्यानमारको सिमानामा शक्तिशाली भूकम्प गएको छ । दैनिक भास्करले दिएको जानकारी अनुसार ५.३ रेक्टर स्केलमा यसको तीव्रता मापन गरिएको छ ।
समाचार अनुसार भूकम्प राति नेपाली समयानुसार १०ः१५ मिनेट आसपास भुकम्प गएको थियो ।
दुई हप्ता अघि, दिल्ली–एनसीआरमा साँझमा भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भुकम्पलाई ४.७ रेक्टर स्केल मापन गरिएको थियो ।
रिपोर्टका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको गुरुग्रामको रेवानी नजिक थियो । भूकम्पको अनुभव राजस्थान र उत्तर प्रदेशमा पनि भएको थियो ।
Earthquake of magnitude 5.3 hit Myanmar-India Border Region 51 minutes ago: European-Mediterranean Seismological Centre (EMSC) pic.twitter.com/UjkulYtNXM
— ANI (@ANI) July 17, 2020