आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १७:२९ मा प्रकाशित (४ साल अघि) २३६ पाठक संख्या

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले पत्रकारमाथि दुर्व्यवहार गरेको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

मञ्चले शुक्रबार विज्ञप्ति निकाल्दै पूर्व अध्यक्ष थापा र उनका छोरा अभिषेक थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार भएको जनाएको हो।

तिमल्सिनाले बिहीबार समाचारका लागि पूर्व अध्यक्ष थापासँग फोन वार्ता गरेका थिए। सो वार्ताको क्रममा थापाले गाली गलौजसहित अभद्र व्यवहार गरेको भन्दै मञ्चले भर्त्सना गरेको छ।

थापाका छोरा अभिषेकले कार्यलय परिषरमै गएर वादविवाद गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरे पनि पुग्दैन,’ मञ्चका महासचिव प्रज्वल ओलीले निकालेको विज्ञप्तिमा भनिएको छ।