आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

प्रधानमन्त्रीले अयोध्या बारे टिप्पणी गर्दा गगन थापाले यस्तो भने

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार २१:२६ मा प्रकाशित (४ साल अघि) २८८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै भएको बताउँदै सीतालाई नेपालकै रामले विवाह गरेको बताएपछि धेरै तिरबाट उनको आलोचना भएको छ ।

प्रधानमन्त्रीको टिप्पणीमा कडा प्रतिक्रिया दिनेमा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाको नाम अग्रपंक्ति आउँछ । सदनमा थापाले गरेको स्वस्थानी सम्बोधनदेखि अयोध्या प्रकरणसम्म आउँदा प्रधानमन्त्रीको टिप्पणीलाई उनले चोटिलो प्रतिक्रिया दिने गरेका छन् ।

गगन थापाले मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई उट्पट्याङ शैलीको क्षणिक आवेग भनेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले जे पनि बोल्ने प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा(यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।’

उनले यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ र त्यसको जगमा आफूलाई देशभित्र राट्रवादी बनाउने र पार्टीभित्र बिद्रोह थाम्ने कडीका रुपमा आएको संवेदनशील विषयमा असंगत अभिव्यक्ति बताएका छन् ।

हेर्नुहोस् उनले सामाजिक सञ्जालमा गरेको पोस्टः–

प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले"जे पनि बोल्ने"प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ…

Posted by Gagan Thapa on Tuesday, July 14, 2020