आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

‘बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीको चिन्तनप्रणाली स्वस्थ देखिन्न’-डा. बाबुराम भट्टराई

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ११:३३ मा प्रकाशित (४ साल अघि) २७४ पाठक संख्या

काठमाडौं। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतको नभई नेपालकै अयोध्याका भएको बताएका थिए । प्रधानमन्त्री ओलीले अयोध्यासम्बन्धी गरेको दाविप्रति पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले प्रतिक्रिया दिएका छन् ।

उनले अति गरे खति हुन्छ भन्छन् भन्दै प्रधानमन्त्री ओलीको वचनरकर्मले सीमा नाघ्दै गएको बताएका छन् । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्री ओलीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको बताउका छन् ।

उनले भनेका छन् – अति गरे खति हुन्छ भन्छन्!प्रम @kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!

डा.भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् ।