आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

काठमाडौंको गोंगबुबाट नेपाली ‘पोर्न’ भिडियो अपडेट

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०७:४३ मा प्रकाशित (४ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं । नेपालमा पोर्न साइटहरु कानुनी रुपमा बन्द भए पनि प्राविधिक रुपमा पूर्ण बन्द हुन सकेको छैन। पोर्न साइट दर्ता गर्न नेपालमा प्रतिबन्ध रहेको अवस्थामा नेपालीले चलाएको साइटमा पोर्न भिडियो अपलोड हुँदै आएको पाइएको छ । गत साता चितवनकी १७ वर्षीय किशोरीले जब आफ्नै भिडियो पोर्न साइटमा देखिन्। उनी छाँगाबाट खसेजस्तै भइन्। आफ्नो यस्तो भिडियो कसरी पुग्यो त्यो साइटमा ? अपलोड कसरी भयो ?

ती किशोरी अत्तालिँदै प्रहरीको साइवर ब्युरोमा पुगिन्। पोर्न साइट दर्ता गर्न पनि प्रतिबन्ध भएको देशबाट यस्तो भिडियाे कसरी अपलोड भयो ? प्रहरी पनि छक्क परे। ती किशोरीको जाहेरीपछि प्रहरीले अनुसन्धान गर्दै गयो, साइट दर्ता अमेरिकामा तर सञ्चालन भने नेपालबाटै भएको पाइयो।

ती किशोरीसँग सोधपुछ, र साइबर ब्युरोको प्राविधिक अनुसन्धानपछि खुल्यो, साइट नेपालबाटै सञ्चालन भइरहेको छ। जाहेरी परेको एक सातापछि गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै काठमाडौंको गोंगबुबाट पोर्न साइट चलिरहेको प्रहरीले पत्ता लगायो।

अनुसन्धानका क्रममा श्रेष्ठले अमेरिकामा डोमेन दर्ता गरेर नेपालबाटै भिडियोहरु अपलोड गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभयो । उनले भने , ‘साइटमा धेरै भिडियोहरु अपलोड छन्, केही सक्कली, कोही कपि गरेका भिडियोहरू अपलोड गरेको देखिन्छ, थप अनुसन्धान गर्दैछौं।’

‘साइटमा अपलोड भएका पोर्न भिडियोहरु धेरैजसो नेपाली नै छन्’। श्रेष्ठ पक्राउ परेसँगै थप प्रमाणहरू खुल्दै जाने एसएसपी अर्यालले बताए।
श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।