आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ०७:१७ मा प्रकाशित (४ साल अघि) ३२८ पाठक संख्या

काठमाडौँ । ट्राफिक प्रहरीले चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधनलाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत निजी सवारीसाधनले चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधनलाई पक्राउ गरेको हो  ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए  ।

“बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ”, उनले भने । यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।  रासस