आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार १२:२० मा प्रकाशित (४ साल अघि) २६६ पाठक संख्या

पोखरा  – कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ ।

पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।