आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

फिप्नाको आर्थिक सहयोगमा ५३ राउटे परिवारलाई राहत वितरण

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार ०८:०६ मा प्रकाशित (४ साल अघि) २७२ पाठक संख्या

काठमाडौं । नेपालको अतिविपन्न राउटे समुदायका ५३ परिवारलाई राहत वितरण गरिएको छ । कोरोना कहरका बेला खाद्यान्न अभाव झेलिरहेका राउटे समुदायलाई राहत वितरण गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आर्थिक सहयोगमा सो राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर, नेफिन गुराँस गाउँपालिकाको समन्वय राहत वितरण गरिएको हो ।

दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. १ र ५ मा ५३ परिवार राउटेलाई राहत वितरण गरिएको फिप्नाले जनाएको छ ।

त्यसैगरी, फिप्नाले सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १ का ६० मुसहर परिवारलाई राहत वितरण गरिसकेको छ ।