आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

पाँच करोडमा सुनको अक्षरले लेखिएको बुद्ध धर्मग्रन्थ बेच्न खोज्ने ६ पक्राउ

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार २०:०७ मा प्रकाशित (४ साल अघि) ५७४ पाठक संख्या

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए।

उक्त सूचना प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरूबाट १६ पाना बौद्ध धर्मको ग्रन्थ बरामद गरेको हो। पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका-४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल नगरपालिका-३का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका-२ का ३३ वर्षीय हरीबहादुर लामिछाने, तारकेश्वर नगरपालिका-११का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ का ३४ वर्षीय रोशन तामाङ छन्।

प्रहरीले उनिहरूमाथि थप कारबाहीको प्रकृया अघि बढाएको छ।