आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

अध्यक्ष दाहालका घरबेटीलाई दुई अर्बको मल ठेक्का

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०८:५९ मा प्रकाशित (४ साल अघि) ३३७ पाठक संख्या

काठमाडौं । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ ।

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुने भन्दै किसान चिन्तित छन् ।

शैलुक कन्स्ट्रसनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमीटेडबीच केही समय अघि साँढे पाँच लाख क्विन्टल(५५ हजार टन) रासायनिक मल खरिद सम्झौदा भएको छ ।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैंयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामाग्री कम्पनीले जनाएको छ । नागरिक दैनिकबाट