आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

ब्राजिलका राष्ट्रपति बोलसोनारोमा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०७:३८ मा प्रकाशित (४ साल अघि) ४५८ पाठक संख्या

काठमाडौं – ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा बुधबार बिहानसम्म ६६ हजारभन्दा बढीको मृत्यु भएको छ भने १६ लाख ७४ हजारभन्दा बढी संक्रमित भएका छन् ।