आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको निधन

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ११:१३ मा प्रकाशित (४ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति निधन भएको हो।

९८ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको राति १० बजे निधन भएको हो।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो।

घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ। घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिका ४ हो। स्वर्गीय घिसिङको आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।