आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

सुन्दरटोल जागृत युवा क्लबद्वारा युमना चिल्ड्रेन हाेमलाई खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १०:१६ मा प्रकाशित (४ साल अघि) ९३८ पाठक संख्या

काठमाडौं / गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको सुन्दर टोल जागृत युवा क्लबको सहयोग र समाजिक काम गर्दै आईरहेकोे नेपाली कांग्रेसका युवा नेता समाज सेवी लाल बहादुर लामाको पहलमा यमुना चिल्ड्रेन होमलाई खाद्यान्न सहयोग गरिएको छ ।

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेको संस्थालाई आफ्नो राजनैतिक जीवनको साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी लाल बहादुर लामाले आफ्नो नैतिक दायित्व पुरा गर्ने क्रममा  संस्थालाई खाद्यान्न सहयोगको लागि  पहल गरेका  हुन । उनले  खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा आश्रित बालबालिकालाइ समस्या नआओस भनेर  सहयोगको लागि पहल गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता समाज सेवी लाल बहादुर लामा, गोकर्णेश्वर नगरपालिका वडा १ का अध्यक्ष राम मानन्धर  , गोकर्णेश्वर नगरपालिकामा गठित स्वयं सेवक परिचालन समितिका संयोजक  दिपक लामा, सुदन मल्ल , शेखर सुबेदी ,बि पि कोईराला शङ्रलयको अध्यक्ष पशुराम पोख्रेल, सुन्दर टोल जागृत युवा क्लबका अध्यक्ष संजय परियार लगायत क्लबका सदस्यहरु उपस्थिति रहेको थियो।

जागृति समुहले पनि covid 19 मा समेत हजारौं बिपन्न ब्याक्तीहरुलाई निशुल्क खान वितरण गर्दै आएको थियो भने येस्तै विभिन्न संघ सस्था बिपन्न परिवारलाई राहत दिदै आएको सुन्दर टोल जागृत युवा क्लबका अध्यक्ष संजय परियारले गोकर्णेश्वर खबरलाई जानकारी दिए।

यमुना चिल्ड्रेन होम परिवारले यस विषम परिस्थितिमा  खाद्यन्न सहयोग गर्ने सबै परिवारलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेका छन।

उक्त संस्थामा हाल ३५ जना  बालबालिकाहरुले आश्रय लिदै आएका छन ।