आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १६:२२ मा प्रकाशित (४ साल अघि) २४७ पाठक संख्या

विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। २४ घण्टामा मात्रै विश्वभर दुई लाख १२ हजार तीन सय २६ संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो। सबैभन्दा बढी संक्रमित देखिएका राष्ट्रमा क्रमशः अमेरिका, ब्राजिल र भारत हुन्।

यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमित जुन २८ मा देखिएको थियो। सो दिन एक लाख ८९ हजार ७७ जनामा संक्रमण देखिएको थियो। मृत्यु भने औसतमा दैनिक पाँच हजारको दरले भइरहेको छ।

विश्वभर संक्रमितको संख्या १ करोड १२ लाख नाघेको छ। जसमध्ये ६० लाख ४० हजार निको भएका छन्।

भारतमा मात्रै गएको २४ घण्टामा झण्डै २५ हजार संक्रमित थपिएका छन्। त्यस्तै ६ सय १३ जनाले ज्यान समेत गुमाएका छन्।