आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

गोकर्णेश्वर नगरपालिकामा असार २२ र २३ गते भिटामिन ए र जुकाको औषधी खुवाइँदै

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १०:२१ मा प्रकाशित (४ साल अघि) १२१३ पाठक संख्या

काठमाण्डौ / कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन  हुने  भएको छ।  असार २२ र २३ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ।

बालबालिकामा  हुन सक्ने  स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ।

कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।  त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाको जोरपाटि स्वास्थ्य चौकीले आफ्नो कार्य क्षेत्रका  निम्न केन्द्रहरु बाट ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ।

कोरोना  भाइरसको महामारीलाइ मध्यनजर गर्दै समयको पालना तथा अभिभावकले मास्क र सामाजिक दुरी सहित आफ्ना बालबालिकालाइ केन्द्रमा लैजानको लागि जोरपाटी  स्वास्थ्य  चौकी प्रमुख ललिता लामाले अनुरोध गरेकी छिन। उनले बिहान १० बजे देखि ४ बजे सम्म निम्न केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाइने पनि जानकारी गराइन ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ : गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यलय, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल,

गोकर्णेश्वर नगरपालिका वडा नं ६ : नयाँबस्ति युवा क्लब, सर्वेश्वर मन्दिर

गोकर्णेश्वर नगरपालिका वडा नं ७ : ग्रामिण स्वास्थ्य केन्द्र (दक्षिण ढोका)

गोकर्णेश्वर नगरपालिका वडा नं ८ :  मेडिकल कलेज, कृष्ण मन्दिर, गोकर्णेश्वर नगरपालिका छहारी युवा क्लब,

गोकर्णेश्वर नगरपालिका वडा नं  ९ : रक्तकाली युवा क्लब , जोरपाटी स्वास्थ्य चौकी 

६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ।