काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सपथ लिएका छन् । वर्ष २०२०/२१ को कार्यकालका लागी लायन गभर्नर श्रेष्ठले सपथ लिएका हुन ।
काठमाडौं महानगरपालिका वडा नं-६ बौद्ध स्थित कुशल ब्यान्कुइटमा बिहिवार गरिएको एक समारोहकाबीच भर्च्युल माध्यमबाट लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का वर्ष २०२०/२१ डिस्ट्रिक गभर्नरका रुपमा श्रेष्ठले सपथ लिए । विश्वभर फैलिएको कोभिड -१९ का कारण प्रविधिको प्रयोग मार्फत कुडोजबाट लायन्स क्लबका आइ डी DR. Jung Yul Choi ले सपथ खुवाएका थिए ।
बिगतमा डिस्ट्रिक गभर्नरहरुलाई विदेशमा हुने अन्तर्राष्ट्रिय सम्मेलन मार्फत सपथ गराउँदै आएता पनि यसपटक कोभिडका कारण भर्च्युल माध्यम बाट गरिएको संस्थाले जनाएको छ । सपथ ग्रहण कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सपथ पश्चात छोटो मन्तव्य राख्दै गभर्नर श्रेष्ठले नेपाली लायन्स सदस्यहरुले सामाजिक क्षेत्रबाट नेपाललाइ अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने ‘नेपाली लायन्स सदस्यहरुले सामाजिक क्षेत्रका कार्यहरुलाई अगाल्दै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा उत्साहित छु’ । गर्भनर श्रेष्ठले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘म मेरो कार्यकालमा थप सामाजिक सेवाको कार्यमा समर्पीत हुँदै यो टिमलाई संगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाउँछु’ उनले भने ‘मेरो थिम नै टिम हो,यो सम्पूर्ण टिम एक भएर अगाडी बढ्न सकियो भने अझै उत्कृष्ट थुप्रै काम गर्न सकिन्छ, यहाँहरुको साथ सहयोग पूर्ण रुपमा मिल्लेमा विश्वस्त छु ।’
गभर्नर श्रेष्ठले लायन वर्ष २०२०/२१मा डिस्ट्रिकले रक्तदानबाट १५ हजार पिन्ट रगत संकलन गर्ने योजना समेत रहेको बताए । उनले लायन वर्ष शुरु भएको दिनमानै काठमाडौं उत्तर पुर्वबाट १५ सय भन्दा बढी रगत संकलन गर्न सफल भएको समेत जानकारी दिए । उनले इन्टरनेसल गभर्नरको प्लान एक्सन र डिस्ट्रिकको योजनालाई मुर्तरुप दिन सबै जना एक जुट भएर अघि बढ्नु पर्ने धारणा राखे ।
फोटो :सरोज बस्नेत