आज: २० मंसिर २०८१, बिहीबार | Thu, 05, Dec, 2024

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन खोजेको भन्दै रुवावासी गर्नु शोभनीय भएनः कांग्रेस प्रवक्ता शर्मा

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार ०८:०५ मा प्रकाशित (४ साल अघि) ३७४ पाठक संख्या

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन खोजेको भन्दै रुवावासी गर्नु शोभनीय नभएको बताएका छन्। सोमबार दिउँसो एक ट्वीट गर्दै आफ्नो थैली राम्रोसँग नबाँध्ने र छिमेकीलाई दोष लगाउने काम सुहाउँदो नभएको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, शर्माले कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको भए पनि सहयोद्धाहरुले जोगाइदिएको कारणले उनीहरुलाई धन्यवाद दिन र प्रधानमन्त्री पदबाट बिदा गरे हालसम्मको कामका लागि धन्यबाद् लिन ठिक हुने तर, सार्वजनिक रुपमा रुवाबासी गर्नु शोभनीय नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउनको लागि भारत लागिपरेको अभिव्यक्ति दिएका थिए । सोहीबारेमा बिभिन्न खालका टिकाटिप्पणी भइरहेको बेला प्रवक्ता शर्माले भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्दैछ भन्ने ओलीको  अभिव्यक्तिलाई नेकपाले देशलाई प्रस्ट्याउन जरुरी रहेको समेत उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन ? र छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ? भन्ने प्रश्न गरेका हुन् ।