आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

३ सय ४९ किलो तौल भएकी यी २२ वर्षीया युवती, जसलाई अस्पताल लैजान दूई वटा क्रेन नै मगाइयो !

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार २२:५५ मा प्रकाशित (४ साल अघि) २७९ पाठक संख्या

एजेन्सी – दुब्लो मानिसलाई माटाउने निकै रहर हुन्छ । तर मोटाएको मानिसहरुलाई भने मोटो शरिर कसरी घटाउने भन्ने चिन्ता भइरहेको हुन्छ । यस्तै ब्रिटेनमा एक मोटो शरिर भएकी युवती छिन् । उनको तोल सुन्ने जोकोही चकित पर्ने गर्छ । ती युवतीको तोल धेरै हुँदा अस्पताल जाँदा एम्बुलेन्सलाई मुस्किल हुने बताइन्छ ।

किनकी उनलाई एम्बुलेन्सको ढोकाबाट भित्र छिराउन समस्या पर्ने गर्छ । तपाईलाई पत्यार नलाग्ला, उनको तौल ३ सय ४९ किलो छ । मोटो शरिर भउकी ती युवती २२  बर्षिय जोर्जिया डेविस हुन् । जोर्जियाको तौल ५ फिट ६ इन्च छ । सानैदेखी धेरै खाना खाने बानी भएकी उनी घर भित्रै बस्थिन् ।

एक्कासी घरबाट बाहिर निस्कन खोज्दा उनलाई ढोकाबाट बाहिर निस्कन पनि मुस्किल गर्यो । उनलाई अस्पताल लैजान पनि घरको केही भाग फोर्नु पर्यो । उनलाई अहिले घरको भुइतलामा राखिएको छ ।  किनकी उनलाई घरको कोठाभित्र लाग सकिदैन ।

उनलाई १५ दिनदेखि इन्फेक्शन भएको थियो, उनलाई अस्पताल लैजान बिहानैदेखि प्रयास गरियो । तर उनलाई ७ घण्टापछि मात्र बाहिर निकाल्न सफल भए। उनलाई अस्पताल लैजान अस्पतालका स्टाफ, प्रहरी र दमकलका कर्मचारी तयारीमा बसेका थिए । उनलाई भएको क्रेनले नधानेपछि अर्को क्रेन मगाएर उचाले । उनलाई अस्पताल लैजान प्रहरीले उक्त क्षेत्र नै रोकेको बताइएको छ ।