आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रेको सिपालीमा बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्यो, ५ जना घाइते

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ०९:१२ मा प्रकाशित (४ साल अघि) ४२२ पाठक संख्या

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’

एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो ।

काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । उनले भने, ‘अवरोध रहेको बाटो पन्छाउँदै घटनास्थल जाँदैछु । करिब एक घण्टा लाग्छ ।’

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको  प्रहरीको दावी छ । थप विवरण आउन बाँकी ।