आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको संभावना

गोकर्णेश्वर खबर८ असार २०७७, सोमबार ०७:१९ मा प्रकाशित (४ साल अघि) ३४० पाठक संख्या

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहनेछ।

प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ।