आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालबाट बिहान १०:५० बाट सुरु हुने सुर्यग्रहण अपरान्ह २:२३ सम्म हुने हेर्नुस कुन राशिले हेर्न मिल्छ ।

गोकर्णेश्वर खबर७ असार २०७७, आईतवार ०७:०० मा प्रकाशित (४ साल अघि) ५१४ पाठक संख्या

काठमाडौ / आईतवार लाग्‍ने सूर्यग्रहण नेपालबाट बिहान १०:५० बाट सुरु भई अपरान्ह २:२३ मा समाप्त हुने ।

पञ्चाङ्ग निर्णायक समितका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज लाग्‍ने सूर्यग्रहण नेपालबाट बिहान १०:५० बाट सुरु भई अपरान्ह २:२३ मा समाप्त हुँदै छ ।

बिहानको १२:३८ मा सूर्यलाई हामीहरुले करिब ८८ प्रतिशत ढाकेको देख्छौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् । आज दुईपटक बिहान भएको पो हो कि भन्ने अनुभव सबैले गर्नेछन् ।

धार्मिक मान्यता अनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन  ।