आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

युवा नेता तथा समाज सेवी बिमल ठकुरीद्वारा खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर६ असार २०७७, शनिबार ११:११ मा प्रकाशित (४ साल अघि) ७१८ पाठक संख्या

काठमाडौं / नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य समाज सेवी बिमल ठकुरीले लक डाउन पीडितका लागि राहत वितरण गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण थप संकटमा परेका पीडितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे गाउँमा ४० घर परिवारलाई १ /१ बोरा चामल वितरण गरिएको छ ।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रबक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, युवा नेता तथा समाज सेवी बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्युमण चौलागाईं लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।