आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

सांसद बिडारीले मन्त्रीहरुको सामूहिक राजीनामा माग्दा मन्त्रीहरु हाँसेको हाँस्यै

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १७:२५ मा प्रकाशित (४ साल अघि) २७८ पाठक संख्या

काठमाडौं  । सत्तारुढ नेकपाका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले काम गर्न नसक्ने हो भने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने माग गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले काम नगर्ने मन्त्रीहरु तलब खाएर बस्नुभन्दा सामूहिक रुपमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

सांसद बिडारीले राजीनामा माग्दा यसको गाम्भीर्यला भुलेर मन्त्रीहरु हाँसिरहे । आकर्षक रुपमा बैठकमा बोलेका सांसद बिडारीले काम गर्न नसक्ने भएपछि सामूहिक रुपमा राजीनामा दिनुपर्ने बताएपछि बैठकमा सहभागी सबैमन्त्रीहरु हाँसेका थिए ।

उक्त बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल सहभागी थिए ।