आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

भौतिक पूर्वाधार निर्माण विकासले मात्र विकासको परिभाषा अपुरो रहने – संसाद राई

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार ११:३० मा प्रकाशित (४ साल अघि) ५४३ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले भौतिक पूर्वाधार निर्माण विकासले मात्र विकासको परिभाषा अपुरो रहने बताएका छन्। गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको आगामी आर्थिक वर्ष ०७७ ०७८ को लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्ध मा बिज्ञ व्यत्तित्वहरु संगको छलफल कार्यक्रमको प्रमुख अतिथि समेत रहेका संसाद राईले सो कुरा बताएका हुन्।

विश्वव्यापी रुप मा फैलिएको कोभिड १९ ले चुनैती सगसगै अवसरका ढोकाहरु समेत खुला गरेको बताउदै हरेक स्थानीय तह हरुले आफनो क्षेत्राधिकार भित्रका श्रोत र साधनको अधितम उपयोग गर्दै सर्वाङ्गिन बिकाशका लागि बजेट केन्द्रीत हुनु पर्नेमा जोड दिए। आधुनिक शैक्षिक प्रणाली , स्वास्थ्य र बेरोजगारको समस्या समाधानका लागि युवा रोजगार कार्यक्रम आजको आवश्कता रहेको बताउदै संसद राईले नगरपालिकाले अल्पकालिन र दिर्घकालिन योजनाहरुमा बिशेष ध्यान दिनु पर्नेमा सुझाब दिए। भौतिक पूर्वाधार निर्माण विकासले मात्र विकासको परिभाषा अपुरो रहने बताउदै सामाजिक एवं मानब विकासको स्तर उन्नतिमा जिम्मेवार निकायहरुको ध्यान जानसके समाजवाद त्यति टाढा नरहेको गिकिर सांसद राईले गरे।

कार्यक्रमको सभा पति समेत रहेका गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले सबैको सल्ला सुझबलाइ बिशेष ध्यानमा राखी आउदो आर्थिक बर्षको योजना तर्जुमा गर्दै सबै लाई समेटी बजेट ल्याउने प्रतिवधता जनाए। नगर प्रमुख चालिसेले सामाजिक एबम आर्थिक विकासका लागि यस बर्षको बजेट बिशेष रहने बताए।