आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

नेपाल बायाेमेडिकल संघले स्वास्थ्यकर्मीलाई अनलाइन प्रशिक्षण

गोकर्णेश्वर खबर१ असार २०७७, सोमबार १९:४६ मा प्रकाशित (४ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं/ नेपाल बायाेमेडिकल संघले काेराेना भाइरस अर्थात् काेभिड-१९ काे विपत्तिमा देशका विभिन्न अस्पतालहरूमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई लक्षित गरेर विशेष अनलाइन तालिम संचालन गरेकाे छ। संघले स्वास्थ्यकर्मीहरूकाे सुरक्षालगायतका अन्य विषयहरूलाई ध्यानमा राखेर अनलाइन तालिम संचालन गरेकाे संघका केन्द्रीय सचिव सुनिल उपाध्यायले बताएका छन्।

उपाध्यायले बताए अनुसार देशभरिका झन्डै १ हजार स्वास्थ्यकर्मीहरू अनलाइन तालिममा प्रत्यक्ष जाेडिएर लाभ लिएका छन्।देशभरिका अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू काेराेनाबाट कसरी वच्न र सेवा दिन सकिन्छ भन्ने उदेश्यले तालिम संचालन गरेकाे उनले बताएका छन्। अनलाइन तालिमकाे प्रशिक्षण नेपाल अर्थाेपेडिक अस्पतालकि मेट्राेन मिना गुरूङ र इन्फेक्सन कन्ट्रोल काे-अर्डिनेटर राेलिना कार्कीले संयुक्त रूपमा गरेका थिए।