आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

गोकर्णेश्वरमा ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

गोकर्णेश्वर खबर१५ आश्विन २०८१, मंगलवार २१:०७ मा प्रकाशित (२ हफ्ता अघि) ९५ पाठक संख्या
गोकर्णेश्वर नगरपालिमा-४, माकलबारी स्थित ज्येष्ठ नागरिक समाज माकलबारी द्वारा आयोजित ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवस मनाउनु भएको छ ।
कार्यक्रम बोल्दै संघीय सांसद अर्थ समितिका सभापति सन्तोष चालिसे ज्येष्ठ नागरिकलाई एक लाखको निशुल्क स्वस्थ्यलाई अब पाँच लाखको पेस गरेको छ।
ज्येष्ठ नागरिकलाई बस्ने र भजन कीर्तन गर्ने स्थान बनाई दिने प्रतिबद्धता दिनु भयो।त्यसै गरि नगर प्रमुख दिपक कुमार रिसालले माकल बारी ज्येष्ठ नागरिकले सम्मान कार्यक्रम एउटा उदाहरणीय गरेको हो समाजमा सबैभन्दा माया गर्ने सम्मान गर्ने व्यक्त ज्येष्ठ नागरिक हुन् ।
स्वस्थ्यमा ज्येष्ठ नागरिकलाई एक लाख सम्मको निशुल्क उपचार गरेको छ ।ज्येष्ठ नागरिकलाई भजन कीर्तन र विश्राम गर्न लाई एउटा फल्चा निर्माण गरिने तयारीमा छ ।नगरपालिकाले ज्येष्ठ नागरिकलाई मिलन केन्द्र बनाउने बताउनुभयो ।उक्त कार्यक्रम नगर उप प्रमुख सान्नानी लामाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि ज्येष्ठ नागरिक दिवस धुमधामका साथ मनाउँदा सम्मान गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।
ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् ।
सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवम् सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भयो। ज्येष्ठ नागरिकका स्वस्थ्यको मध्यनजर गरेर स्वस्थ्यको कार्यक्रम अघि बढेको बताउनुभयो ।३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, शुभकामना आदान प्रदान तथा सम्मान पत्र वितरण कार्यक्रममा ज्येष्ठ नागरिक र सहयोगीलाई प्रमुख अतिथिबाट सम्मान पत्र वितरण गरेको थियोे ।कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद अर्थ समितिका सभापति सन्तोष चालिसे विशिष्ट अतिथि नगर प्रमुख दिपक कुमार रिसाल नगर उप प्रमुख सान्नानी लामा अतिथि वडा ८ का वडासदस्य सुमन लामा प्रगति महिला समुहका अध्यक्ष फुल माया गुरुङ ,उन्नति जागरण महिला समुहका अध्यक्ष रबिना पौडेल ,सिद्धिदात्त्रे महिला समुहका अध्यक्ष तारा देवी फुयाल,जि•एल• ए स्कुल प्रेन्सिपल सौर्यनाथ आचार्य लगायत ज्येष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेकोे कार्यक्रम ज्येष्ठ नागरिक समाज माकल बारी टेक नाथ अधिकारीको अध्यक्षतामा सचिव शम्भु प्रसाद कोइरालाले संचालित कार्यक्रम सम्पन्न भएको छ।