आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

तामाङ समाज यू.ए.ई.द्धारा शैक्षिक सहयोग हस्तान्तरण – २०२४ तथा सांस्कृतिक कार्यक्रम हुने

गोकर्णेश्वर खबर७ आश्विन २०८१, सोमबार ०६:३९ मा प्रकाशित (७ महिना अघि) १७३ पाठक संख्या

तामाङ समाज यू.ए.ई.को आयोजनामा “शिक्षाको लागि समाज” शैक्षिक सहयोग हस्तान्तरण – २०२४ तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।
कार्तिक १० गते (२६ अक्टुबर -२०२४ ) बिहानको ११ः ०० बजे खानीखोला गाउँपालिका वडा न. ३ काभ्रे पलान्चोकको भृकुटी माध्यमिक विद्यालयमा हुन छ ।
कार्यक्रममा प्रमुख अतिथि संघीय संसद मा. सुर्य मान दोङ , विशेष अतिथि मा. तिर्थ लामा, अतिथिहरुमा इन्द्र बहादुर थिङ, दोर्जेमान जिम्बा, डा.मुक्त सिं लामा, गायक चन्द्र कुमार मोक्तान लगायतको उपस्थिति रहने तामाङ समाज यू.ए.ई.को वर्तमान केन्द्रीय कार्यकारी अध्यक्ष भिम दोङ तामाङले जनकारी दिनु भएको हो ।साथमा चर्चित कलाकारहरुले बेजोड मनोरञ्जन रहने छ ।