आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

असोज १२ काठमाडौंमा दोस्रो डम्फु साँझ हुँदै

गोकर्णेश्वर खबर२३ भाद्र २०८१, आईतवार १३:०५ मा प्रकाशित (१ हफ्ता अघि) ९७ पाठक संख्या

काठमाडौं । असोज १२ गते दोस्रो डम्फु साँझ हुने भएको छ। ‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने नाराको साथ दोस्रो डम्फु साँझ हुने भएको हो।

डम्फु साँझमा संगीतकार एवं गायक विश्व दोङको ब्यान्डको विशेष लाइभ प्रस्तुति रहने छ। गायक दोङले ऐतिहासिक गाथा बोकेको मौलिक गीतको साथमा पुराना तथा नयाँ चर्चित गीत प्रस्तुत गर्नेछन्।

दरबारमार्गको लिक्विड लाउन्ज एन्ड बारमा शनिबार साँझ ५ बजेदेखि सुरु हुने डम्फु साँझमा दोङसँगै गायिका सुमिना लो र सुनिता गोलेको पनि विशेष प्रस्तुति रहने छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने सो कार्यक्रमको टिकटप्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।