आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

टानको अध्यक्षमा सागर पाण्डे र महिला सदस्यमा पबित्र तामाङ

गोकर्णेश्वर खबर१८ भाद्र २०८१, मंगलवार २३:१० मा प्रकाशित (२ हफ्ता अघि) १३७ पाठक संख्या

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे र महिला सदस्यमा पबित्र तामाङ विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे ।

यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०)विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष – सागर पाण्डे
वरिष्ठ उपाध्यक्ष – कर्म शेर्पा
प्रथम उपाध्यक्ष – बिष्णु प्रसाद लम्साल
दितीय उपाध्यक्ष – सनम शेर्पा
महासचिव – सोनाम ग्याल्जेन शेर्पा
सचिव – रिन्जी जाङ्बु शेर्पा
कोषाध्यक्ष – गौतमराज वाग्ले
सहकोषाध्यक्ष – लाक्पा तेम्बा शेर्पा
महिला सदस्य – पबित्र तामाङ
खुल्ला सदस्य – छाप्ते लामा शेर्पा
खुल्ला सदस्य -राजु गुरुङ
खुल्ला सदस्य फुर्वा छिरिङ भोटे
खुल्ला सदस्य -सागर राई
खुल्ला सदस्य – विकास गुरुङ
खुल्ला सदस्य – होम बहादुर विस्वाकर्मा
खुल्ला सदस्य – विनोद कुमार तामाङ
खुल्ला सदस्य – अम्बिर बहादुर गुरुङ