आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

सुनकोशीमा बोलेरो खस्यो

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार २१:३१ मा प्रकाशित (३ हफ्ता अघि) १०४ पाठक संख्या

सिन्धुलीको गोलान्जोर गाउंपालिका- १ मध्य पहाडी लोकमार्ग स्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नं. नखुलेको डबल क्याप बोलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ ।

उक्त गाडीमा सवार ४ जना मध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाइते भएका छन् ।

नदीमा खेसेको गाडी र बाँकी यात्रुको सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन बेश खुर्कोटबाट सप्रनिको कमाण्डमा गोताखोर सहित १० जनाको टोलीले खोजी शुरु गरेको प्रहरीले जनाएको छ

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।