आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

गठ्ठाघरमा दुर्घटनामा परेका मृतकको साथमा उत्तम कोइरालाको नामको कागजात फेला

गोकर्णेश्वर खबर३१ श्रावण २०८१, बिहीबार २२:३९ मा प्रकाशित (२ महिना अघि) २४६ पाठक संख्या

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ ।
मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।
उनका अनुसार स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत गर्ने प्रयास भइरहेको उनले बताए ।
ना।६ ख २१७३ नम्बरको ट्रकले बा।४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।