आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव

गोकर्णेश्वर खबर३१ श्रावण २०८१, बिहीबार २१:३३ मा प्रकाशित (२ महिना अघि) १७४ पाठक संख्या

काठमाडौं । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त बनेको छ । बिहीबार ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।