आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

गोकर्णेश्वर खबर२६ श्रावण २०८१, शनिबार १०:३७ मा प्रकाशित (२ महिना अघि) ७५ पाठक संख्या

काठमाडौँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।