आज: १२ बैशाख २०८२, शुक्रबार | Fri, 25, Apr, 2025

ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ श्रावण २०८१, शनिबार ०८:५० मा प्रकाशित (८ महिना अघि) ३०४ पाठक संख्या

ब्राजिल – ब्राजिल  यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ।

दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो।

एटीआर ७२- ५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले ग्लोबो न्यूज टेलिभिजनलाई बताएका छन्।