आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

गोकर्णेश्वर खबर२३ श्रावण २०८१, बुधबार १५:२७ मा प्रकाशित (२ महिना अघि) १५२ पाठक संख्या

काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

नुवाकोटको शिवपुरी ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटमा जानकारी गराएका थिए ।