आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

गोकर्णेश्वर खबर२१ श्रावण २०८१, सोमबार १६:३१ मा प्रकाशित (२ महिना अघि) १२७ पाठक संख्या

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ ।
यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।