आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

बागमतीमा बिमल ठकुरी सस्कृती पर्यटन तथा सहकारी मन्त्री

गोकर्णेश्वर खबर१२ श्रावण २०८१, शनिबार २१:१४ मा प्रकाशित (२ महिना अघि) २४६ पाठक संख्या
बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरीले बागमती प्रदेश सस्कृती पर्यटन तथा सहकारी मन्त्रीमा सपथ ग्रहण तथा पद बहाली गराएका छन।
प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्री हेरफेर गरेका छन्। लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएपछि आज शपथ कार्यक्रम भएको हो। उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन्।
सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।