आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

साउन ६ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

गोकर्णेश्वर खबर१ श्रावण २०८१, मंगलवार ०९:०३ मा प्रकाशित (३ महिना अघि) १३० पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । साउन ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले०को समर्थनमा ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।